जिल्ला अदालत काठमाडौंमा हाजिर भए रवि लामिछाने

Satya Sanchar सत्य सञ्चार

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्दाको बयानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका लामिछानेविरूद्ध आज आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दा काठमाडौं अदालतमा दर्ता भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए ।

प्रकाशित मिति: आइतबार, २८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.