फाेनिज माेरङ अध्यक्षमा श्रेष्ठ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) मोरङको अध्यक्षमा अनिल श्रेष्ठ चयन भएका छन् ।

शनिबार मोरङको पथरीमा सम्पन्न छैंटौं जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।  उनी यसअघि सचिव थिए ।

उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा संगीता चाम्लिङ र राजेश राजवंशी र कोषाध्यक्षमा सुरन्जन लिम्बू पनि सर्वसम्मत भएका छन् । फोनिज मोरङ जिल्ला सदस्यमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई र सन्जय राजवंशी चयन भएका छन् ।

फोनिज मोरङको लेखा समिति संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू चयन भएका छन् । जिल्ला अध्यक्ष दिनेश सुब्बाको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति चयन भएको हो ।

साेही कार्यक्रममा फोनिज मोरङले पत्रकार सुजता लिम्बूलाई सम्मान गरेको  थियाे ।

प्रकाशित मिति: आइतबार, २८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.