फाेनिज माेरङ अध्यक्षमा श्रेष्ठ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) मोरङको अध्यक्षमा अनिल श्रेष्ठ चयन भएका छन् ।

शनिबार मोरङको पथरीमा सम्पन्न छैंटौं जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।  उनी यसअघि सचिव थिए ।

उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा संगीता चाम्लिङ र राजेश राजवंशी र कोषाध्यक्षमा सुरन्जन लिम्बू पनि सर्वसम्मत भएका छन् । फोनिज मोरङ जिल्ला सदस्यमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई र सन्जय राजवंशी चयन भएका छन् ।

फोनिज मोरङको लेखा समिति संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू चयन भएका छन् । जिल्ला अध्यक्ष दिनेश सुब्बाको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति चयन भएको हो ।

साेही कार्यक्रममा फोनिज मोरङले पत्रकार सुजता लिम्बूलाई सम्मान गरेको  थियाे ।

प्रकाशित मिति: आइतबार, २८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.