धनकुटामा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

धनकुटा । धनकुटामा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पाख्रीबास–हिले सडक खण्डअन्तर्गत पाख्रीबास नगरपालिका–३ जौटारमा बिहीबार राति करिब ९ बजेतिर दुर्घटना हुँदा पिकअप चालक पाख्रीबास– ९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लाहान नगरपालिका–५ का २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो ।

सहचालक मल्लिकको घटनास्थलमै र चालक तामाङको जिल्ला अस्पताल धनकुटा पुर्याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

३ वटा सुँगुर लिएर पाख्रीबासबाट हिलेतर्फ जाँदै गरेको को १ ज २६३९ नम्बरको पिकअप सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: शुक्रबार, २६ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.