अमेरिकाको लसएन्जलसमा फैलिएको डढेलो नियन्त्रण बाहिर, सात जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस शहरमा फैलिएको डढेलो नियन्त्रण बाहिर छ । प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानबाट सुरु भएको डढेलो नियन्त्रण भएको छैन ।

डढेलाेमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । बीबीसीका अनुसार एक लाख भन्दा बढी व्यक्ति घर छाड्न बाध्य भएका छन् ।

हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने प्रयास जारी रहे पनि तिव्र हावा रहेका कारण सफल भएको छैन । डढेलोले लसएन्जलस शहरका कयाैं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटल जलेको छ । आगो फैलिएपछि निभाउने पानीको समेत अभाव हुन थालेको बीबीसीले जनाएको छ । सरकारले स्थानीयबासीलाई पानी जोगाउन अपिल गरेको छ ।

लसएन्जलसमा डढेलोसँगै लुटपाटका घटना पनि बढेका छन् । लुटपाटमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बीबीसीका अनुसार अमेरिकामा डढेलो भयानक हुनुका पछाडि तीव्र गतीकाे हावा हाे । यो मौसममा दक्षिणी क्यालिफोर्नियामा तीव्र वेगमा हावा चल्ने गर्दछ । यसलाई ‘सेन्टा ऐना विन्ड्स’ भनिन्छ । यो हावा सामान्यतया १०० देखि ११० किलोमिटर प्रतिघण्टाको वेगमा दक्षिणी क्यालिफोर्नियाबाट भित्री इलाका हुँदै समुद्री तटतर्फ अगाडि बढ्दछ । हावाको वेगले आगोलाई छिटो जताततै फैलाएको बताइएको छ । विगतमा पहाडी तथा जंगल क्षेत्रमा फैलने आगो यो पटक तीव्र गतिको हावाकै कारण शहरी क्षेत्रमा आगो फैलिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, २६ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.