काठमाडौं । अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस शहरमा फैलिएको डढेलो नियन्त्रण बाहिर छ । प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानबाट सुरु भएको डढेलो नियन्त्रण भएको छैन ।
डढेलाेमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । बीबीसीका अनुसार एक लाख भन्दा बढी व्यक्ति घर छाड्न बाध्य भएका छन् ।
हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने प्रयास जारी रहे पनि तिव्र हावा रहेका कारण सफल भएको छैन । डढेलोले लसएन्जलस शहरका कयाैं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटल जलेको छ । आगो फैलिएपछि निभाउने पानीको समेत अभाव हुन थालेको बीबीसीले जनाएको छ । सरकारले स्थानीयबासीलाई पानी जोगाउन अपिल गरेको छ ।
लसएन्जलसमा डढेलोसँगै लुटपाटका घटना पनि बढेका छन् । लुटपाटमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बीबीसीका अनुसार अमेरिकामा डढेलो भयानक हुनुका पछाडि तीव्र गतीकाे हावा हाे । यो मौसममा दक्षिणी क्यालिफोर्नियामा तीव्र वेगमा हावा चल्ने गर्दछ । यसलाई ‘सेन्टा ऐना विन्ड्स’ भनिन्छ । यो हावा सामान्यतया १०० देखि ११० किलोमिटर प्रतिघण्टाको वेगमा दक्षिणी क्यालिफोर्नियाबाट भित्री इलाका हुँदै समुद्री तटतर्फ अगाडि बढ्दछ । हावाको वेगले आगोलाई छिटो जताततै फैलाएको बताइएको छ । विगतमा पहाडी तथा जंगल क्षेत्रमा फैलने आगो यो पटक तीव्र गतिको हावाकै कारण शहरी क्षेत्रमा आगो फैलिएको बीबीसीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)