विराटनगर । जिल्ला अदालत माेरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो ।
ठगी मुद्दाको अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद लिएको हो । एमबीबीएसमा भर्ना हुनका लागि नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रूपैयाँ ठगी गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–२ घर भइ काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल बिहीबार पक्राउ परेका थिए ।
ठगी गरेको विषय बाहिरिएपछि ऋषिकेशले अनिललाई जिम्मेवारीबाट हटाएका थिए । अदालतबाट पुर्जी जारी गरेर उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवाका ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा रकम लिएको आरोप अनिल पाेखरेलमाथि छ ।
सहकारी ठगी आरोपमा फरार रहेकी ऋषिकेशकी पत्नी अञ्जला कोइराला बुधबार मोरङ अदालतमा हाजिर भएकी थिइन् । अदालतको आदेशपछि उनी बुधबार नै १० लाख धरौटी बुझाएर छुटेकी थिइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)