अदालतको आदेशपछि धरौटी बुझाएर छुटे रवि लामिछाने

Satya Sanchar सत्य सञ्चार

पोखरा । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर छुटेका छन् ।

जिल्ला न्यायाधीश नितिज राईको इजलासले सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धिकरण मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेशपछि बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएर लामिछाने छुटेका हुन् ।

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधीश राईको इजलासले लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगी सम्बन्धी अर्को मुद्दा छ । उनी काठमाडौं अदालतमा भने आफै उपस्थित हुने सर्तमा प्रहरीले छाडेकाे हाे ।

प्रकाशित मिति: बिहिबार, २५ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.