माेरङकाे मालती पुलमा भेटियाे सिलिन्डर बम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ ।

पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ ।

बम रहेको सूचना आएपछि प्रहरीले राजमार्ग बन्द गरेर बमको खोजी गरेको थियो । खोजी गर्ने क्रममा दिउँसो बम फेला पारेको हो ।

राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैँचा– ७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो ।

राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।

‘खोजी गर्ने क्रममा जमिन मुनि गाडिएको अवस्थामा चार वटा सिलिन्डर बम फेला परेको छ, तार पनि छ,’ जोशीले भने,‘ यो बम द्वन्द्वकालकै हो, डिस्पोज गर्ने तयारी हुँदैछ ।’

प्रकाशित मिति: बिहिबार, २५ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.