माेरङकाे मालती पुलमा भेटियाे सिलिन्डर बम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ ।

पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ ।

बम रहेको सूचना आएपछि प्रहरीले राजमार्ग बन्द गरेर बमको खोजी गरेको थियो । खोजी गर्ने क्रममा दिउँसो बम फेला पारेको हो ।

राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैँचा– ७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो ।

राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।

‘खोजी गर्ने क्रममा जमिन मुनि गाडिएको अवस्थामा चार वटा सिलिन्डर बम फेला परेको छ, तार पनि छ,’ जोशीले भने,‘ यो बम द्वन्द्वकालकै हो, डिस्पोज गर्ने तयारी हुँदैछ ।’

प्रकाशित मिति: बिहिबार, २५ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.