ठगी आराेपमा ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रतिनिधिसभाकाे सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । ठगी आराेपमा फरार रहेका उनलाई बिहीबार बिहान माेरङ प्रहरीले पक्राउ गरेकाे हाे ।

मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएकाे आराेप छ ।

आज पक्राउ परेका पाेखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

सहकारी ठगी आराेपमा फरार रहेकी ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी जिल्ला अदालत माेरङकाे आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् ।

बिहीबार बिहान उनका पूर्वस्वकीय सचिव पक्राउ परेका हुन् । ठगीकाे घटना सार्वजनिक भएपछि  ऋषिकेशले अनिललाई जिम्मेबारीबाट हटाएका थिए ।

प्रकाशित मिति: बिहिबार, २५ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.