ठगी आराेपमा ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रतिनिधिसभाकाे सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । ठगी आराेपमा फरार रहेका उनलाई बिहीबार बिहान माेरङ प्रहरीले पक्राउ गरेकाे हाे ।

मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएकाे आराेप छ ।

आज पक्राउ परेका पाेखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

सहकारी ठगी आराेपमा फरार रहेकी ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी जिल्ला अदालत माेरङकाे आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् ।

बिहीबार बिहान उनका पूर्वस्वकीय सचिव पक्राउ परेका हुन् । ठगीकाे घटना सार्वजनिक भएपछि  ऋषिकेशले अनिललाई जिम्मेबारीबाट हटाएका थिए ।

प्रकाशित मिति: बिहिबार, २५ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.