बैशाखमा सर्याे कोशीको लगानी सम्मेलन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनकाे मिति सरेकाे छ ।  सरकारले माघ ११, १२ र १३ गते गर्ने निर्णय गरेको थियो । बिहीबार बसेकाे मन्त्रीपरिषद् बैठकले  बैसाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्णय गरेकाे हाे ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग संगठन मोरङलाई व्यवस्थापनको जिम्मा दिन खोजेपछि निजी क्षेत्र दुई भागमा विभाजित भएको थियो । उद्योग संगठन माेरङले  माघ ११ गतेबाट आयोजना गर्ने विराट एक्स्पोमा नै लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । नेपाल उद्योग परिसंघ कोशी प्रदेशसहित एउटा पक्षले एक्स्पोमा लगानी सम्मेलन गर्न नहुने पक्षमा थियो । निजी क्षेत्रको अर्काे पक्ष भने एक्स्पो गर्नुपर्ने पक्षमा थियो ।

निजी क्षेत्र विभाजित भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार आफैले लगानी सम्मेलन गर्ने बताएका थिए । तर तयारीका लागि समय नपुगेको भन्दै बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन बैशाखमा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । परियोजनाहरूको सोकेसिङ, कानुनको  संशाेधन र खरिद प्रकृया मार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय भएको उनले बताए ।

कोशी प्रदेश सरकारले लगानी सम्मेलनबाट १ खर्बको लागानी भित्र्याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: बिहिबार, २५ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.