माेरङमा सवारी दुर्घटना : दुई जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बुधबार बेलुका मोरङकाेसुन्दरहरैँचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गकाे सुन्दरहैँचा नगरपालिका– ९ नागदेवी खण्डमा प्र१–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२–०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटर चालक मोरङ सुन्दरहरैचा नगरपलिका– ९ बस्ने ३८ वर्षीया प्रमिला श्रेष्ठको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि विराट नर्सिङहोममा भर्ना गरिएकाे थियाे । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकल चालक सुनसरी इटहरी बस्ने ४० वर्षीय नबिन सिंह ठकुरी घाइते भएका छन् ।

बेलबारी नगरपालिका– १० चाँदनी चोक स्थित भित्री सडक खण्डमा बेलबारी नगरपालीका १०४–२०८१–८२ नम्बरको सिटीसफारी आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा सिटीसरीमा सवार सोही स्थानकी ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको छ ।

उनको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सिटी सफारी चालक सोही स्थानका ५० वर्षीय भुपे दाहाल घाइते छन् । उनको पनि विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहिबार, २५ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.