माेरङमा सवारी दुर्घटना : दुई जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बुधबार बेलुका मोरङकाेसुन्दरहरैँचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गकाे सुन्दरहैँचा नगरपालिका– ९ नागदेवी खण्डमा प्र१–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२–०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटर चालक मोरङ सुन्दरहरैचा नगरपलिका– ९ बस्ने ३८ वर्षीया प्रमिला श्रेष्ठको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि विराट नर्सिङहोममा भर्ना गरिएकाे थियाे । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकल चालक सुनसरी इटहरी बस्ने ४० वर्षीय नबिन सिंह ठकुरी घाइते भएका छन् ।

बेलबारी नगरपालिका– १० चाँदनी चोक स्थित भित्री सडक खण्डमा बेलबारी नगरपालीका १०४–२०८१–८२ नम्बरको सिटीसफारी आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा सिटीसरीमा सवार सोही स्थानकी ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको छ ।

उनको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सिटी सफारी चालक सोही स्थानका ५० वर्षीय भुपे दाहाल घाइते छन् । उनको पनि विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहिबार, २५ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.