उमागौरी सहकारी प्रकरण : सांसद पत्नीलाई धरौटीमा छाड्ने यस्ताे छ अदालतकाे आदेश

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको धनपालथान–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाकाे  रकम अपचलन आरोपमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालालाई जिल्ला अदालत मोरङले १० लाख धरौटीमा छाडेको छ ।

बुधबार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले धरौटीमा छाडेको हो । कोइराला सहकारीको पूर्वसञ्चालक सदस्य हुन् ।

अदालतले उनलाई धरौटीमा छाड्दा २०७८ साल माघ ५ गते उनले दिएको राजीनामा र सहकारीले उनको दायित्व नभएको भनि दिएको कागजलाई पनि आधार मानेको छ ।

अदालतमा उनले दिएकाे इन्कारी बयानलाई पनि आधार मानेको छ । काेइरालाले बयानका क्रममा सहकारीबाट कुनै आर्थिक लाभ नलिएकाे, सहकारीकाे कुनै निर्णय तथा कागजातमा सहीछाप नगरेकाे र माइन्युटमा पनि अंग्रेजीमा गरिएका सहीछाप आफूले नगरेमाे दाबी गरेकी थिइन् ।

‘सहकारीको पूर्ण साधारणसभाको मिति २०७८ माघ १५ मा बसेको बैठकले निज प्रतिवादी अन्जला कोइरालाले दिएको राजिनामा स्वीकृत गर्दा निजको यस संस्था प्रति कुनै दायित्व रहेको छैन भन्ने समेत बेहोरा उल्लेख गरी स्वीकृत गरेको र सोही अनुसार निज प्रतिवादीलाई व्यक्तिगत पत्र दिई, विभिन्न वित्तीय संस्थाहरुलाई बोधार्थ समेत दिएको अवस्था भएकोले,’ अदालतको आदेशमा भनिएको छ,‘अभियोग दाबीमा उल्लेखित विषयमा पछि थप प्रमाण बुझ्दै जादा ठहरे बमोजिम हुने गरी, निजलाई हाल थुनामा नै राखी कारवाही गरिरहन पर्ने नदेखिएकोले हाललाई यी प्रतिवादी अन्जला कोइरालाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम दश लाख रुपैयाँ नगद धरौट वा जेथा जमानत वा बैंक जमानत दिए लिई तारेखमा राख्नु ।’

अदालतमा अन्जलाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू चुडामणि आचार्य, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, डिल्लीबहादुर कार्की, सिताराम राई, रमेश कोइराला, देवीबहादुर घिमिरे, गणेशराज लुइँटेल, हेमराज पन्त र अधिवक्ताहरू साहस आचार्य, रिता दाहाल, अन्ताज हुसेन, सन्नीकुमार साह, विश्वराम भट्टराई, मुना वस्ती, हरिशंकर मण्डल, कला त्रिताल, रसिकलाल मण्डल, डिल्लीराम घिमिरे र विनोदकुमार तिम्सिनाले बहस गरेका थिए ।

उमागौरी सहकारीको बचत अपचलन आरोपमा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ । अन्य सहकारीको अभियोजन गर्दा सरकारी वकिलको कार्यालयले व्यक्तीको कसूर दाबीका आधारमा बिगो मागदाबी गरेको थियो । उमागौरीको हकमा भने व्यक्तीगत कसूर उल्लेख नगरी एकमुष्ट बिगो दाबी गरेको थियो ।

२७ मंसिरमा जिल्ला अदालतमा दर्ता भएको यो मुद्दामा २८ मंसिरमा सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका – ४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएकाे थियाे । उनी नेपाली कांग्रेसबाट २०७४ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।

सहकारीका पूर्वउपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वर्तमान वडाध्यक्ष सन्तलाल खवासलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । खवास एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । सहकारी बचत अपचलन प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित अझै २३ जना फरार छन् ।

 

प्रकाशित मिति: बुधबार, २४ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.