विराटनगर। प्रहरीले झापाकाे काँकरभिट्टाबाट गैंडाको खाग जस्ताे देखिने बस्तु र लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार साढे ३ बजे झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टामा रहेको हिमालय गेस्ट हाउसबाट प्रहरीले एउटा गैडाको खाग जस्ताे देखिने बस्तु र लागूऔषाधसहित भारतकाे वेष्ट बङगालको उत्तर मेन्दाबारीका नारायण रामधामलाई पनि पक्राउ गरेको हाे ।
उनी हाेटलकाे कोठा १०२ बुकिङ गरी बसेका थिए ।
लागूऔषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी होटलमा पुगेको थियो ।
प्रहरीले उनी बसेकाे काेठाबाट लागूऔषध खैरो हिरोइन, पेभान स्पेस प्लस लेखिएको औषधि र गैंडाको खाग जस्तो देखिने बस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रवक्ता मेहेगी ल्हामु तामाङले जानकारी दिइन् । कार्टुन भित्र राखेको अवस्थामा भेटिएकाे खाग जस्ताे बस्तुकाे सतहको गोलाइ १८.६ईन्च, उचाई ८.६ इन्ज र तौल १ केजी ७०० ग्राम छ ।
गैंडाको खाग हाे हाेइन भन्ने विषय परिक्षण पछि मात्रै खुल्ने प्रहरीले बताएकाे छ । उनकाे साथबाट प्लास्टिकको पोका भित्र राखेको अवस्थामा ३ ग्राम ७६० मिलिग्राम र प्लाष्टिक बाहिर २ ग्राम ८०० मिलिग्राम खैरो हिरोइन पनि बरामद गरेकाे छ । पेभन स्पास प्लस लेखिएकाे ट्याब्लेट १८ पत्ता, लागुऔषध जोख्नका लागि प्रयोग हुने एउटा डिजिटल तराजु र दुई वटा मोबाइल पनि फेला परेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टमा राखेर थप अनुसन्धान भइरहेको तामाङले बताइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)