विराटनगर । जंगली हात्तीले मोरङको सुन्दरहरैँचा नगरपालिका– १० बागझोडामा तीन वटा घर भत्काएको छ ।
बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्याएको हो ।
प्रहरीका अनुसार हात्तीले बरालको टिनको छानो भएको घरको टाटीबेरा भत्काएर १५ मन बराबर धानमा क्षति पुर्याएको छ । घरमा खानका लागि राखेको धान हात्तीले टाटी भत्काएर खाइएको थियो । नखाएको धान हात्तीले वरपर छरेको थियो ।
साही स्थानकी श्रेष्ठको घरको उत्तर पट्टीको गारो हात्तीले भत्कादिएको छ ।
हात्तीले गारो भत्काउँदा कोठा भित्र रहेको दराज, पलङमासमेत क्षति पुगेको प्रहरीले बताएको छ ।
स्थानीय राईको घरको कच्ची बेरा पनि हात्तीले भत्काएको हो । बिहान बस्ती पसेको हात्ती तीन वटार घरमा क्षति पुर्याएपछि पुन जंगल पसेको प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)