सुन्दरहरैँचामा हात्तीले तीन वटा घर भत्कायो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जंगली हात्तीले मोरङको सुन्दरहरैँचा नगरपालिका– १० बागझोडामा तीन वटा घर भत्काएको छ ।

बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्याएको हो ।

प्रहरीका अनुसार हात्तीले बरालको टिनको छानो भएको घरको टाटीबेरा भत्काएर १५ मन बराबर धानमा क्षति पुर्याएको छ । घरमा खानका लागि राखेको धान हात्तीले टाटी भत्काएर खाइएको थियो । नखाएको धान हात्तीले वरपर छरेको थियो ।

साही स्थानकी श्रेष्ठको घरको उत्तर पट्टीको गारो हात्तीले भत्कादिएको छ ।

हात्तीले गारो भत्काउँदा कोठा भित्र रहेको दराज, पलङमासमेत क्षति पुगेको प्रहरीले बताएको छ ।

स्थानीय राईको घरको कच्ची बेरा पनि हात्तीले भत्काएको हो । बिहान बस्ती पसेको हात्ती तीन वटार घरमा क्षति पुर्याएपछि पुन जंगल पसेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बुधबार, २४ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.