उमागाैरी सहकारी संस्थाकाे कार्यालय विराटनगर । सहकारीकाे रकम अपचलन आराेपमा फरार रहेकी प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला मोरङ अदालतमा हाजिर भएकी छन् ।
बुधबार बिहान अदालतमा उपस्थित भएकी हुन् ।
उनी उपस्थित भएपछि न्याायधीश उद्धवप्रसाद भट्टराईको इजलासमा थुनछेक बहस सुरु भएकाे मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालिन संचालक समिति सदस्य रहेकी कोइराला मंसिर २८ गतेदेखि फरार थिइन् । उनीसहित सहकारीका २६ जना विरुद्ध २७ मंसिरमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।
सहकारीका अध्यक्ष शम्भु रौनियार फरार छन् । सोही सहकारीको मुद्दा परेका रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास भने ५ लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् । सहकारीका पूर्व सञ्चालक रोशन राजवंशी भने थुनामा छन् । सहकारीका सञ्चालकविरुद्ध २२ कराेड रकम अपचलन गरेकाे आराेप छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)