उमागाैरी सहकारी प्रकरण: अदालतमा उपस्थित भइन् काेइराला

Satya Sanchar सत्य सञ्चार
उमागाैरी सहकारी संस्थाकाे कार्यालय

विराटनगर । सहकारीकाे रकम अपचलन आराेपमा फरार रहेकी प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला मोरङ अदालतमा हाजिर भएकी छन् ।

बुधबार बिहान अदालतमा उपस्थित भएकी हुन् ।

उनी उपस्थित भएपछि न्याायधीश उद्धवप्रसाद भट्टराईको इजलासमा थुनछेक बहस सुरु भएकाे मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालिन संचालक समिति सदस्य रहेकी कोइराला मंसिर २८ गतेदेखि फरार  थिइन् । उनीसहित सहकारीका २६ जना विरुद्ध २७ मंसिरमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।

सहकारीका अध्यक्ष शम्भु रौनियार फरार छन् । सोही सहकारीको मुद्दा परेका रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास भने ५ लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् । सहकारीका पूर्व सञ्चालक रोशन राजवंशी भने थुनामा छन् । सहकारीका सञ्चालकविरुद्ध २२ कराेड रकम अपचलन गरेकाे आराेप छ ।

प्रकाशित मिति: बुधबार, २४ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.