काठमाडौं । मंगलबार बिहान गएको भूकम्पको धक्काले धेरैलाई गोरखा भूकम्पको सम्झना दिलाएको छ ।
चीनको सिजाङ्ग प्रान्तको दिङ्गे काउन्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्निच्युडको भूकम्प नेपालमा काठमाडाैं उपत्यकासहित देशका धेरैजसो ठाउँमा महसूस गरिएको थियो । भूकम्पले नेपालका पूर्वी पहाडी जिल्लामा सामान्य क्षति गरेकाे थियाे । तिब्बतमा १२६ जनाकाे मृत्यु भएकाे थियाे ।
ललितपुरको पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको, सामान्य भूकम्पको महसूस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने देखिएको बताउँछन् ।
भूकम्पलगायतका विपद्का घटनाले जनधनको क्षति मात्रै नगर्ने, यसले मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्न सक्ने मनोरोग विशेषज्ञ कार्कीको भनाइ छ ।
विशेषगरी भूकम्पको अनुभव गरेका व्यक्तिमा मनोवैज्ञानिक त्रास धेरै हुने भएकाले संयमता अपनाउन उनको सल्लाह छ ।
सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक रहेको उनले बताए ।
खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको सन्देश प्रवाह नगर्न आग्रह गरे । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको अवस्थामा आधिकारिक सूचना मात्रै ग्रहण गर्न आग्रह गरे ।
भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के–के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने
बताए ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले ठूलो भूकम्पपछि परकम्पहरु आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई ख्याल गरी तयारी अवस्थामा रहन आग्रह गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)