तिब्बतमा भूकम्प : मृतकको संख्या १२६ पुग्यो, १८८ जना घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।चिनियाँ समाचार संस्था सिन्हवाका अनुसार भूकम्पमा परी १२६ जनाकाे मृत्यु भएकाे हाे । १ सय ८८ जना घाइते भएका छन्  ।

चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ः०५ बजे भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय ‘चाइना अर्थक्वेक नेटवर्क्स सेन्टर’ का अनुसार ६‍‍.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको थियो । भूकम्पका कारण पूर्वी नेपालका पहाडी जिल्लाहरुमा क्षति पुगेको छ । भूकम्पको केन्द्रबिन्दु नेपालबाट करिब ९३ किलोमिटर टाढा थियो ।

भूकम्पको धक्का नेपाल, भारत,बंगलादेश र भुटानका विभिन्न स्थानमा पनि महसुस भएको थियो । नेपालमा स्थानीय समयानुसार बिहान ६ बजेर ५० मिनेटमा महसुस गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, २४ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.