विराटनगर । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।चिनियाँ समाचार संस्था सिन्हवाका अनुसार भूकम्पमा परी १२६ जनाकाे मृत्यु भएकाे हाे । १ सय ८८ जना घाइते भएका छन् ।
चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ः०५ बजे भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय ‘चाइना अर्थक्वेक नेटवर्क्स सेन्टर’ का अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको थियो । भूकम्पका कारण पूर्वी नेपालका पहाडी जिल्लाहरुमा क्षति पुगेको छ । भूकम्पको केन्द्रबिन्दु नेपालबाट करिब ९३ किलोमिटर टाढा थियो ।
भूकम्पको धक्का नेपाल, भारत,बंगलादेश र भुटानका विभिन्न स्थानमा पनि महसुस भएको थियो । नेपालमा स्थानीय समयानुसार बिहान ६ बजेर ५० मिनेटमा महसुस गरिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,367)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,171)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,127)