इटहरीकाे अम्बे काेशी सहकारी समस्याग्रस्त घाेषित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

एक वर्षदेखि बन्द रहेको सहकारीलाई मंगलबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर सहकारी ठगी आराेपमा एक वर्षदेखि पूर्पक्षका लागि थुनामा छन् । सहकारीबाट सर्वसाधारणको ६१ करोड भन्दा बढी रकम हिनामिना भएकाे छ । इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशीले विराटनगरदेखि दमकसम्म सेवा केन्द्र खोलेको थियो ।

मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बताए । अन्य सहकारीको पनि अध्ययन भइरहेको बताए ।

गत पुस १८ गते बरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । सहकारी संस्था समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो सहकारीको लागनी उठाएर बचतकर्तालाई फिर्ता गर्ने गरी समितिले काम गर्नेछ ।

‘सहकारीको सम्पूर्ण व्यवस्थापन संकटग्रस्त सहकारीको व्यवस्थापन समितिले गर्छ, हामीले घोषणा मात्रै गर्ने हो,’ सचिव पाण्डेले भने,‘ समितिले चाडै काम सुरु गर्छ ।’

प्रकाशित मिति: मङ्गलबार, २३ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.