विराटनगर । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
एक वर्षदेखि बन्द रहेको सहकारीलाई मंगलबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर सहकारी ठगी आराेपमा एक वर्षदेखि पूर्पक्षका लागि थुनामा छन् । सहकारीबाट सर्वसाधारणको ६१ करोड भन्दा बढी रकम हिनामिना भएकाे छ । इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशीले विराटनगरदेखि दमकसम्म सेवा केन्द्र खोलेको थियो ।
मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बताए । अन्य सहकारीको पनि अध्ययन भइरहेको बताए ।
गत पुस १८ गते बरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । सहकारी संस्था समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो सहकारीको लागनी उठाएर बचतकर्तालाई फिर्ता गर्ने गरी समितिले काम गर्नेछ ।
‘सहकारीको सम्पूर्ण व्यवस्थापन संकटग्रस्त सहकारीको व्यवस्थापन समितिले गर्छ, हामीले घोषणा मात्रै गर्ने हो,’ सचिव पाण्डेले भने,‘ समितिले चाडै काम सुरु गर्छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)