भूकम्प अपडेट : काेशीका पहाडी जिल्लामा सामान्य क्षति

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मंगलबार बिहान चीनकाे तिब्बतमा गएकाे भूकम्पका कारण काेशी प्रदेशका पहाडी जिल्लामा सामान्य क्षति पुगेकाे छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशका केही जिल्लाका घरहरुमा क्षति पुगेकाे हाे ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङका केही घरमा भूकम्पले क्षति पुगेको विवरण छ ।

ओखलुढंगाको चिसाङ्खुगढी ५ का इन्द्रबहादुर परियारको घरमा पूर्ण क्षति भएको छ ।

सिद्धिचरण नगरपालिका– २ का हिमाल कार्की र खानीगाउँका चन्द्रबहादुर पुलामीको घरमा आसिंक क्षति घरमा क्षति पुगेको छ ।

सोलुखुम्बुकाे खम्बुपासङ लाम्यु गाउँपालिका– ५ का डिमा शर्माको घरमा क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका– ७ का हर्कबहादुर खत्री र थामे प्रहरी पोष्टको कार्यालय भवनमा पनि क्षति पुगेको छ ।

ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । संखुवासभाको भोटखोला–१ किमाथांका का तेन्छेदी शेर्पाको घर भत्किएको छ ।

आज बिहान ६ः५० मा भूकम्पको ठूलो धक्का महसुस भएको थियो । भूकम्पमा परी चीनकाे तिब्बतमा मात्रै ५३ जनाकाे मृत्यु भएकाे थियाे ।

प्रकाशित मिति: मङ्गलबार, २३ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.