विराटनगर । मंगलबार बिहान चीनकाे तिब्बतमा गएकाे भूकम्पका कारण काेशी प्रदेशका पहाडी जिल्लामा सामान्य क्षति पुगेकाे छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशका केही जिल्लाका घरहरुमा क्षति पुगेकाे हाे ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङका केही घरमा भूकम्पले क्षति पुगेको विवरण छ ।
ओखलुढंगाको चिसाङ्खुगढी ५ का इन्द्रबहादुर परियारको घरमा पूर्ण क्षति भएको छ ।
सिद्धिचरण नगरपालिका– २ का हिमाल कार्की र खानीगाउँका चन्द्रबहादुर पुलामीको घरमा आसिंक क्षति घरमा क्षति पुगेको छ ।
सोलुखुम्बुकाे खम्बुपासङ लाम्यु गाउँपालिका– ५ का डिमा शर्माको घरमा क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका– ७ का हर्कबहादुर खत्री र थामे प्रहरी पोष्टको कार्यालय भवनमा पनि क्षति पुगेको छ ।
ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । संखुवासभाको भोटखोला–१ किमाथांका का तेन्छेदी शेर्पाको घर भत्किएको छ ।
आज बिहान ६ः५० मा भूकम्पको ठूलो धक्का महसुस भएको थियो । भूकम्पमा परी चीनकाे तिब्बतमा मात्रै ५३ जनाकाे मृत्यु भएकाे थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)