विराटनगर । मंगलबार बिहान चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ, ६२ जना घाइते भएका छन् ।
चिनियाँ समाचार संस्था पिपल्स डेलीका अनुसार ५३ जनाको मृत्यु भएको छ ।
नेपाली समय अनुसार बिहान ६:५० मा तिब्बतकाे सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।
भूकम्पले केन्द्रबिन्दु आसपासकाे गाउँमा धेरै क्षति पुगेको छ ।
तिब्बतमा गएकाे भूकम्पको धक्का नेपालभर महसुस गरिएको थियो ।
भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
पूर्वी नेपालमा भूकम्पाको ठूलो धक्का महसुस भएको थियो । कडा धक्का महसुस भएको जिल्लामा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)