तिब्बतमा शक्तिशाली भूकम्प : मृतककाे संख्या ५३ पुग्याे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मंगलबार बिहान चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ, ६२ जना घाइते भएका छन् ।

चिनियाँ समाचार संस्था पिपल्स डेलीका अनुसार  ५३ जनाको मृत्यु भएको छ ।

नेपाली समय अनुसार बिहान ६:५० मा तिब्बतकाे सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।

भूकम्पले केन्द्रबिन्दु आसपासकाे गाउँमा धेरै क्षति पुगेको छ ।

तिब्बतमा गएकाे भूकम्पको धक्का नेपालभर महसुस गरिएको थियो ।

भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

पूर्वी नेपालमा भूकम्पाको ठूलो धक्का महसुस भएको थियो । कडा धक्का महसुस भएको जिल्लामा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति: मङ्गलबार, २३ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.