सात प्रमुख जिल्ला अधिकारीकाे सरुवा, माेरङमा यादव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । गृह मन्त्रालयले सात जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । काठमाडौं, कैलाली, सुनसरी, मोरङसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी  (सिडिओ)को सरुवा गरेको हो ।

मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईको गृह मन्त्रालय सरुवा भएको छ । उनको स्थानमा इन्द्रदेव यादव आएका छन् ।

काठमाडौंका सिडिओ जयनारायण आचार्यकाे गृह मन्त्रालयमा, कैलालीका सिडिओ धर्मेन्द्रकुमार मिश्रको सुनसरी सरुवा भएको छ ।

सुनसरीका सिडिओ रामचन्द्र तिवारीको गृह मन्त्रालय, झापाका सिडिओ बन्धुप्रसाद बास्तोलाको गृह मन्त्रालय र सर्लाहीका सिडिओ गोपालकुमार अधिकारीको झापा सरुवा भएको छ ।

सल्यानका सिडिओ शम्भु प्रसाद रेग्मीको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाल कैलालीको सिडिओ, तुलसीबहादुर श्रेष्ठ सर्लाहीको सिडिओ, ऋषिराम तिवारी काठमाडौंको सिडिओमा सरुवा भएका छन् । दाङका सहायक सिडिओ शावित्रा पुनको सल्यान सरुवा भएको छ ।

प्रकाशित मिति: मङ्गलबार, २३ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.