नेपालमा शक्तिशाली भूकम्पकाे धक्का

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आज बिहान नेपालमा महसुस भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार ७ म्याग्निच्युडको भूकम्पकाे धक्का महसुस भएकाे हाे ।

भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टी हाे । खानी तथा भूगर्भ विभागका अनुसार  बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । नेपालसहित चीन, भारत र बंगलादेशमा पनि भूकम्पकाे धक्का महसुस भएकाे थियाे ।

भूकम्पले हल्लाएपछि विराटनगरसहित आसपासकाे क्षेत्रमा मानिसहरु घरबाट सडकमा निस्किएका थिए । 

 

प्रकाशित मिति: मङ्गलबार, २३ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.