विराटनगर । ठगी आरोपमा नेकपा एमाले सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत माेरङले पक्राउ पुर्जी जारी गरेकाे छ ।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा अनुसन्धानका लागि सोमबार पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत मोरङको सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए ।
एमालेका मोरङ जिल्ला सदस्यसमेत रहेका अनिलविरुद्ध बाैआलाल चौधरीकी छोरीलाई एमबीबीएसमा नाम निकाल्ने बाहानामा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई शुक्रबार जिम्मेबारीबाट हटाएका थिए ।
पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । तर छोरीको नाम ननिस्कीएपछि चौधरीले पोखरेलसँग पैसा फिर्ता मागे । पोखरेलले उल्टै धम्की दिए ।
२०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भन्दै बोलाएर ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएका थिए । तर त्याे कागज उनले दर्ता गरेनन् । जबरजस्ती २०७४ साल असार २५ गते आइतबारको मिति राखेर ऋण लिएको भनि कपाली तमसुक बनाएपछि बौआलाल प्रहरी कार्यालय पुगेका थिए । जबरजस्ती बनाएको तमसुक च्यात्न र ठगी कसूरमा कारवाही गर्न भन्दै जाहेरी दिन प्रहरी कार्यालय गएपनि प्रहरीले जाहेरी दर्ता गरेन् ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि १८ साउन २०७९ मा हुलाक मार्फत जाहेरी पठाएका थिए । प्रहरीले जाहेरी नलिएको भन्दै उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका थिए ।
गत भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको गर्न अन्तिम आदेश दिएको थियो । आदेशको पुस ११ गते प्रमाणीकरण भएको थियो । अदालतको आदेशको पत्र आएपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)