माघ ११ गतेबाट विराट एक्स्पाे, २६८ स्टल रहने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर एक्स्पोको आठौं संस्करण माघमा आयोजना गरिने भएको छ । माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पाे आयाेजना गर्न लागिएकाे हाे ।

उद्योग संगठन मोरङले डिग्री कलेज विराटनगरको मैदानमा एक्स्पाे हुने जनाएकाे छ ।

उद्योग संगठनले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी थालिएको जानकारी दिएको छ । ‘डिजिटल कोशी बिल्डिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट’ नाराका साथ सञ्चालन हुने एक्स्पोमा २ सय ६८ वटा स्टलहरु रहनेछन् ।

एक्स्पोमा ९ पेभिलियनमा विराट बजार बिटुबीको १२ वटा, स्टार्टअप भिजन कोशी ह्याकाथुनको १२ वटा, रोजगार कोशीका लागि १२ वटा, व्यावसायिक सेवा प्रदायकको ४० वटा, अटोमोवाइल्सका २० वटा, औद्योगिक क्षेत्रका ७५ वटा, औद्योगिक, कर्पोरेट र कृषिका ७५ वटा स्टल रहनेछन् । एक्स्पोमा रोजगारीका लागि तालिम पनि दिने बताइएको छ ।

एक्स्पोमा स्टार्टअफ कन्फ्रेन्स, रोजगार कोशी, इनर्जी इफिसियन्सी, ‘मेरो देश, मेरो उत्पादन’लगायत कार्यक्रम आयोजना गरिने विराट एक्स्पो २०२५ व्यवस्थापन समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए । एक्स्पो सञ्चालनका लागि करिब ३ करोड खर्च हुने अनुमान गरिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उदेश्यले एक्स्पो आयोजना गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, २२ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.