बारले माग्याे संविधान संशाेधनकाे सुझाव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कानुन व्यावसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संविधान संशोधनका लागि सुझाव माग गरेको छ ।

सार्वजनिक रूपमा संविधान संशोधनको बहस चलिरहेका बेला उच्च अदालत बार एसोसिएसन विराटनगरले कानुन व्यावसायीहरूसँग संविधान संशोधनका लागि सुझाव माग गरेको हो ।

उच्च अदालत बार एसोसिएसन विराटनगरका सचिव विनोदकुमार तिमल्सिनाका अनुसार शक्ति पृथकीकरणको सिद्धान्त र न्यायपालिकाको मूल मर्म अधिकारलाई असर नपर्नेगरी सुझाव मागिएको छ । न्यायालय, राज्य शक्तिको बाँडफाँट तथा राज्यको पुनर्संरचना र संवैधानिक अभ्यास, संविधानवाद र संविधान संशोधनको औचित्यलाई पुष्टि गर्ने आधारसहित सुझाव माग गरिएको उनले बताए ।

संविधान संशोधनका लागि आएका सुझावहरूलाई सार्वजनिक रूपमा छलफल गरी राजनीतिक नेतृत्वलाई सुझावको रूपमा हस्तान्त्रण गर्ने उनले बताए ।

प्रकाशित मिति: सोमबार, २२ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.