विराटनगर । नेकपा एमालेबाट निष्काशनमा परेका नेता भीम रावलले इटहरीमा राजावादी पक्षसँग भेटघाट गरेका छन् ।
इटहरीका विष्णु रिजालको घरमा राजावादी पक्षधरसँगकाे छलफलमा रावलले २०६२–६३ को जनआन्दोलनमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने एजेन्डा नै नभएको दाबी गरेका छन् ।
‘२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमाले पनि मानेको हो, त्यहीँ अन्तरगत त म पहिलो चोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर सपथ लिएको हो,’उनले भने,‘ २०६२–६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो मत तपाईहरुलाई जानकारी गराउँछु, धर्मनिरपेक्षता पनि थिएन, संघीयता पनि थिएन ।’
उनले आन्दोलनका क्रममा बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आएको बताए । ‘हामीले चाहिँ संगठन गर्ने, बोल्ने अभिव्यक्ति दिने कुरा गर्नुपर्छ, जुन संवैधानिक राजतन्त्र हो त्यहीँ बाटोमा जाउ भनेर सुरु गरियो,’ उनले भने,‘ जब आन्दोलन नियन्त्रण भन्दा बाहिर गयो अनि घुसाउनेहरूले ठयाक्कै आएर छिरे ।’ उनी त्यति मै रोकिएनन् र भने ,‘ अनि त्यो त कस्तो थियो भने कोशी नदी उर्लिएर आइसकेपछि तल केहीले छेक्दैन नि ।’
अहिले देशमा भइरहेको विकृति रोक्नु पर्ने उनकाे भनाइ छ । आफू राजनीतिक शास्त्रको विद्यार्थी भएको र व्यवहारिक कुरा गर्ने बताउँदै उनले भने,‘ जनताले एकजुट भएर निर्वाचनको माध्यमबाट पूर्ण रुपमा पराजित गर्नुपर्याे । ठूलो मात्रामा अरु मान्छेलाई जिताउनु पर्याे र संविधानदेखि कहाँकहाँ परिवर्तन गर्नुपर्ने हो ।’
हिजो झापामा नेकपा एमाले जिन्दाबाद भोट के मा हलोमा भन्नु पर्ने अवस्था रहेको बताउँदै उनले भने,‘ अब यस्तो स्थितिमा यस्ता खालका चरित्रका पात्रहरुको हातमा यो चिज(सत्ता) भएकाले यसलाई समाप्त गर्नका लागि निर्वाचन प्रणाली एउटा महत्वपूर्ण प्रणाली हो, तर अहिले जे स्थिति देख्या छ, जनताले अलिक संगठित भएर आवाज उठाएर नगर्दा खेरी निर्वाचन माध्यमबाट मात्रै यो सबै हुन्छ कि हुँदैन मलाई अलिक शंका छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)