सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका पोखरेल विजयी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूहका मेघराज पोखरेल विजयी भएका छन् ।

वरिष्ठ अधिवक्ता पोखरेल नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनबाट ३ सय ६८ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी महेशकुमार थापाले १ सय ८१ मत ल्याउँदा अध्यक्षका अर्का प्रतिस्पर्धी प्रेमसिंह धामी १५ मतमा सीमित भए ।

अम्बरबहादुर राउत ३ सय ४६ मतसहित उपाध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी भिष्मराज कडरियाले १ सय ७३ र अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता उत्तमबहादुर श्रेष्ठले २५ मत पाएका छन् ।

रमणकुमार कर्ण ३ सय ३९ मत पाएर सचिव निर्वाचित भए । प्रतिस्पर्धी प्रभाकर श्रेष्ठले २ सय ५ मत पाए । ३ सय ३७ मतसहित पुन्देवी महर्जन सहसचिव निर्वाचित हुँदा प्रतिस्पर्धी श्रुतिकुमारी रेग्मीले २ सय १६ मत ल्याइन् ।

रामचन्द्र पौडेल ३ सय ४० मतसहित कोषाध्यक्षमा विजयी हुँदा प्रतिस्पर्धी अनन्तराज लुइँटेलले २ सय ७ मत पाएका छन् । शशि बस्नेत ३ सय १७ मत ल्याएर महिला सदस्यमा निर्वाचित भइन् । प्रतिस्पर्धी सुधा धितालले २ सय ८ मत पाइन् ।

सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलकुमार उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रदीपकुमार राजवंशी र सतिशराज मैनाली विजयी भएका छन् ।

निर्वाचित भएकामध्ये मैनाली प्रगतिशील समूहका हुन् । उनीबाहेक अरु लोकतान्त्रिक समूहका छन् ।

प्रकाशित मिति: आइतबार, २१ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.