मोरङ कारागारमा रहेका कैदीको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ ।

हाडनाता करणी मुद्दामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको हो ।

जेलर गौरव ढुंगेलका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि शनिबार दिउँसो २ः१५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला अदालत मोरङले २०७३ साल माघ ९ गते उनलाई १४ वर्ष कैद सजाय सुनाएको थियो । राई २०७३ जेठ २३ गतेबाट कारागारमा थिए ।

महिला र पुरुष गरी ३ सय क्षमता रहेको मोरङ कारागारमा १ हजार १ सय १० जना कैदीबन्दी छन् । कारागारमा ५ जना आश्रित बालबालिका, १ सय २ जना महिला र १ हजार ३ जना पुरुष रहेको जानकारी ढुंगेलले दिए ।

प्रकाशित मिति: आइतबार, २१ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.