मोरङ कारागारमा रहेका कैदीको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ ।

हाडनाता करणी मुद्दामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको हो ।

जेलर गौरव ढुंगेलका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि शनिबार दिउँसो २ः१५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला अदालत मोरङले २०७३ साल माघ ९ गते उनलाई १४ वर्ष कैद सजाय सुनाएको थियो । राई २०७३ जेठ २३ गतेबाट कारागारमा थिए ।

महिला र पुरुष गरी ३ सय क्षमता रहेको मोरङ कारागारमा १ हजार १ सय १० जना कैदीबन्दी छन् । कारागारमा ५ जना आश्रित बालबालिका, १ सय २ जना महिला र १ हजार ३ जना पुरुष रहेको जानकारी ढुंगेलले दिए ।

प्रकाशित मिति: आइतबार, २१ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.