ठगीमा मुछिएपछि ऋषिकेश पोखरेलले हटाए स्वकीय सचिव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट हटाएका छन् ।

एबीबीएस प्रवेश परीक्षा पास गराउने भन्दै ३८ लाख ८० हजार ठगी गरेको आरोप लागेपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका हुन् ।

मोरङको रंगेली नगरपालिका २ घर भएका पाेखरेल काठमाडाैं बस्दै आएका छन् । अनिलले सप्तरीका बौआलाल चौधरीलाई ठगी गरेका थिए ।

ठगीमा परेको भन्दै बौआलाले उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिएन् । त्यसपछि उनी उच्च अदालत विराटनगरमा गएका थिए ।  उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएकाे विवरण सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवकाे जिम्मेवारीबाट हटाएका हुन् ।

सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराए ।

उनीमाथि लागेका आरोपहरुको अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको व्यहोरा पत्रमा छ । साथै उनले निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, १९ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.