कोशीमा संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि समिति गठन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापन समितिको गठन गर्दै समितिको काम, कर्तव्य तथा अधिकार टुंग्याएको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीका अनुसार समितिमा सहकारी विज्ञको रुपमा झापाका धनप्रसाद सिवाकोटी र लेखा विज्ञको रुपमा जीवन काफ्लेलाई सदस्य तोकिएको छ ।

समितिमा मन्त्रालयका शाखा अधिकृत रामकुमार श्रेष्ठ सदस्य सचिव तोकिएको छ । समितिमा एक जना सदस्य कोशी प्रदेश सहकारी संघले पठाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, १९ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.