हुस्सुका कारण चिसाे बढ्याे, यस्ताे छ आजकाे माैसम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पश्चिमी वायुको सामान्य प्रभावका कारण तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार चिसो पनि बढेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणता बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणता बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणता बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

शनिबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, १९ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.