संसदीय समितिबाट भ्रष्टाचार निवारण ऐनलाई संशोधन विधेयक पारित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक राज्य, व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतीबाट पारित गरेको हो ।

राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए ।

खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतीबाट पारित गरिएको हो । त्यसअघि उक्त विधेयकबारे सांसद हृदयराम थानीकाे संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो ।

प्रकाशित मिति: बिहिबार, १८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.