नेपालमा डेढ लाख हाेटल रेस्टुरेन्ट, लगानी २ खर्ब १६ अर्ब माथि

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालका सात वटै प्रदेशमा डेढ लाख होटेल तथा रेस्टुरेन्ट रहेका छन् । जसमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षणमा आवास तथा भोजन सेवासँग सम्बन्धित एक लाख ४२ हजार २२३ होटलहरु रहेका छन् । जसमा दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबरको लगानी रहेको छ ।

कोशी प्रदेशमा २५ हजार ८८७, मधेश प्रदेशमा ११ हजार ७४०, बागमती प्रदेशमा ५२ हजार १२३, गण्डकी प्रदेशमा १६ हजार ९७६, लुम्बिनी प्रदेशमा २० हजार १५८, कर्णाली प्रदेशमा सात हजार ११० र सुदूरपश्चिम प्रदेशमा आठ हजार २२८ होटेल रेस्टुरेन्ट छन् ।

कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा सो सर्वेक्षण गरेको थियो । ती प्रतिष्ठानले कुल तीन खर्ब २६ अर्ब एक करोड चार लाख रुपियाँ आम्दानी गरेको सर्वेक्षणले देखाएको छ । होटल तथा रेस्टुरेन्टले अर्थतन्त्रमा करिब एक खर्ब नौ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालुएड) गरेको सर्वेक्षणले देखाएको छ ।

एक लाख ४२ हजार २२३ आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा तीन लाख ८७ हजार ७४७ जना व्यक्ति संलग्न छन् । होटल व्यवसायमा एक लाख छ हजार ४५९ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । कर्मचारीलाई तलबरज्याला र सुविधामा २० खर्ब ६१ करोड ५० लाख रुपियाँ खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ ।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता डा। हेमराज रेग्मीले सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटेल, रिसोर्ट, गैर तारे होटेल होमस्टेको अवस्थाको अध्ययन गरिएको जानकारी दिए ।

एक लाख ४२ हजार प्रतिष्ठानको स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको रहेको अध्ययनले देखाएको उनले जानकारी दिए ।

स्थायी सम्पत्तितर्फ सबैभन्दा धेरै बागमती प्रदेशमा दुई खर्ब ४१ अर्ब २९ करोड ९६ लाख पाँच हजार बराबरको रहेको छ । दोस्रोमा गण्डकी प्रदेशमा एक खर्ब छ अर्ब ६४ करोड, कोशी प्रदेशमा ८५ अर्ब ६९करोड स्थायी सम्पत्ति रहेको छ ।

लुम्बिनी प्रदेशमा ५१ अर्ब ३६ करोड, सुदूरपश्चिम प्रदेशमा २२ अर्ब ९९ करोड, मधेश प्रदेशमा २२ अर्ब २३ करोड र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ अर्ब एक करोड बराबरको स्थायी सम्पत्ति छ । मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा होटेल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत रहेको छ ।

कोशी प्रदेशमा २५ हजार ८८७, मधेश प्रदेशमा ११ हजार ७४०, बागमती प्रदेशमा ५२ हजार १२३, गण्डकी प्रदेशमा १६ हजार ९७६, लुम्बिनी प्रदेशमा २० हजार १५८, कर्णाली प्रदेशमा सात हजार ११० र सुदूरपश्चिम प्रदेशमा आठ हजार २२८ होटेल रेस्टुरेन्ट छन् ।

होटेलमा कोठा सङ्ख्या एक लाख १६ हजार एक सय छन् । त्यसमा तारे होटेलमा आठ हजार ४९६, ताराविहीन होटेलमा एक लाख ७५, रिसोर्ट तीन हजार ८२९ र होमस्टेमा तीन हजार सात सय कोठा छन् ।

प्रकाशित मिति: बिहिबार, १८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.