सात लाख ७३ हजार केजी छुर्पी विदेश निर्यात

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालबाट पछिल्लो पाँच महिनामा करिब डेढ अर्बको छुर्पी विदेश निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा (साउनदेखि मङ्सिरसम्म) एक अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको सात लाख ७३ हजार केजी छुर्पी निर्यात भएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार बिरालो र कुकुरको खाना (डग एन्ड क्याट फुड) का नामबाट छुर्पी निर्यात हुन्छ । सबैभन्दा धेरै अमेरिकामा छुर्पी निकास भएको छ ।

विभिन्न डेरी उद्योगले छुर्पी उत्पादन गरेर विदेश निर्यात गर्दै आएका छन् । आठ वर्षदेखि छुर्पी निर्यात गर्दा आएका गायत्री डेरी उद्योग सञ्चालक नीराजन कोइरालाले अन्तर्राष्ट्रिय बजारमा छुर्पीको माग बढ्दै गएको बताए ।

अमेरिकामा र क्यानडामा गरेर मासिक २५ देखि ३० टन छुर्पी निर्यात गर्दै आएको उनले जानकारी दिए ।

दुधको मूल्य बढ्दा छुर्पीको लागत मूल्य बढेकाले सोही अनुसार बजार मूल्य पाउन नसकेको उनको भनाई छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी १८ डलर रहेको छुर्पी अहिले मूल्य घटेर १३ देखि १५ डलरमा बिक्री हुन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब १८ करोड ४३ लाख रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलो छुर्पी निर्यात भएको विभागको तथ्याङ्क छ ।

२०७९/८० मा तीन अर्ब ४० करोड ९० लाख रुपैयाँ बराबरकाे १७ लाख ८६ हजार ११२ किलो निर्यात भएको  थियाे । विभागका अनुसार आव २०७८/७९ मा दुई अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ किलो निर्यात भएको थियाे ।

प्रकाशित मिति: बिहिबार, १८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.