सात लाख ७३ हजार केजी छुर्पी विदेश निर्यात

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालबाट पछिल्लो पाँच महिनामा करिब डेढ अर्बको छुर्पी विदेश निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा (साउनदेखि मङ्सिरसम्म) एक अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको सात लाख ७३ हजार केजी छुर्पी निर्यात भएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार बिरालो र कुकुरको खाना (डग एन्ड क्याट फुड) का नामबाट छुर्पी निर्यात हुन्छ । सबैभन्दा धेरै अमेरिकामा छुर्पी निकास भएको छ ।

विभिन्न डेरी उद्योगले छुर्पी उत्पादन गरेर विदेश निर्यात गर्दै आएका छन् । आठ वर्षदेखि छुर्पी निर्यात गर्दा आएका गायत्री डेरी उद्योग सञ्चालक नीराजन कोइरालाले अन्तर्राष्ट्रिय बजारमा छुर्पीको माग बढ्दै गएको बताए ।

अमेरिकामा र क्यानडामा गरेर मासिक २५ देखि ३० टन छुर्पी निर्यात गर्दै आएको उनले जानकारी दिए ।

दुधको मूल्य बढ्दा छुर्पीको लागत मूल्य बढेकाले सोही अनुसार बजार मूल्य पाउन नसकेको उनको भनाई छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी १८ डलर रहेको छुर्पी अहिले मूल्य घटेर १३ देखि १५ डलरमा बिक्री हुन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब १८ करोड ४३ लाख रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलो छुर्पी निर्यात भएको विभागको तथ्याङ्क छ ।

२०७९/८० मा तीन अर्ब ४० करोड ९० लाख रुपैयाँ बराबरकाे १७ लाख ८६ हजार ११२ किलो निर्यात भएको  थियाे । विभागका अनुसार आव २०७८/७९ मा दुई अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ किलो निर्यात भएको थियाे ।

प्रकाशित मिति: बिहिबार, १८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.