प्रेस चौतारीकाे १० औं महाधिवेशन विराटनगरमा हुने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ ।

केन्द्रीय समितिकाे सचिवालय बैठकले फागुन २३, २४ र २५ गते विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रेस चाैतारीकाे साताै‌ं महाधिवेशन पनि विराटनगरमा नै भएकाे थियाे ।

केन्द्रीय समितिले माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र प्रदेश अधिवेशनको मिति पनि तोकिएको छ ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतम, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा भएको बैठकले महाधिवेशनको मिति तोकेको हो ।

प्रकाशित मिति: बुधबार, १७ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.