नेपाल राष्ट्रिय कर्मचारी संगठन(नेपाल बैंक)को अध्यक्षमा सुवेदी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा गोविन्दप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

चौथो महाधिवेशनबाट अध्यक्षमा सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । सो संगठनको महासचिवमा मोहनकुमार श्रेष्ठसहित ५१ सदस्यीय केन्द्रीय समिति पनि निर्विरोध निर्वाचित भएको छ ।

कर्मचारी संगठनको महाधिवेशन गत ११ र १२ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा भएको थियो । महाधिवेशनमा देशभरबाट करिब ५ सय जना प्रतिनिधि भेला भएका थिए ।

अधिवेशनले अध्यक्षमा सुवेदी, महासचिवमा श्रेष्ठसहित ५१ सदस्यीय केन्द्रीय समिति तथा १३३ सदस्यीय केन्द्रीय परिषद समिति निर्वाचित गरेको हो ।

‘सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन अन्दोलनको विकास गरौं, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौं’ भन्ने मूल नाराको साथ स्थापना भएको संगठनको चौथौ महाधिवेशन माओवादी केन्द्रका उप–महासचिव तथा कर्मचारी फ्याक्सन इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरेका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै गजुरेलले नेपाल बैंक लिमिटेडले आफ्नो शाख र गरिमालाई पुर्नजागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट भएर लाग्न आग्रह गरे ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठले कर्मचारी हकहितमा केन्द्रित ट्रेड युनियनको अन्दोलनलाई राजनैतिक पार्टीहरूले दबाउन खोजे त्यसको सशक्त प्रतिकार गरिने बताए ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले बैंकको समग्र विकासमा ट्रेड युनियनको भूमिका महत्वपूर्ण रहेकाे बताए ।

प्रकाशित मिति: बुधबार, १७ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.