विराटनगर । नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा गोविन्दप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
चौथो महाधिवेशनबाट अध्यक्षमा सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । सो संगठनको महासचिवमा मोहनकुमार श्रेष्ठसहित ५१ सदस्यीय केन्द्रीय समिति पनि निर्विरोध निर्वाचित भएको छ ।
कर्मचारी संगठनको महाधिवेशन गत ११ र १२ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा भएको थियो । महाधिवेशनमा देशभरबाट करिब ५ सय जना प्रतिनिधि भेला भएका थिए ।
अधिवेशनले अध्यक्षमा सुवेदी, महासचिवमा श्रेष्ठसहित ५१ सदस्यीय केन्द्रीय समिति तथा १३३ सदस्यीय केन्द्रीय परिषद समिति निर्वाचित गरेको हो ।
‘सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन अन्दोलनको विकास गरौं, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौं’ भन्ने मूल नाराको साथ स्थापना भएको संगठनको चौथौ महाधिवेशन माओवादी केन्द्रका उप–महासचिव तथा कर्मचारी फ्याक्सन इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरेका थिए ।
अधिवेशनलाई सम्बोधन गर्दै गजुरेलले नेपाल बैंक लिमिटेडले आफ्नो शाख र गरिमालाई पुर्नजागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट भएर लाग्न आग्रह गरे ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठले कर्मचारी हकहितमा केन्द्रित ट्रेड युनियनको अन्दोलनलाई राजनैतिक पार्टीहरूले दबाउन खोजे त्यसको सशक्त प्रतिकार गरिने बताए ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले बैंकको समग्र विकासमा ट्रेड युनियनको भूमिका महत्वपूर्ण रहेकाे बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,367)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,171)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,127)