फाइल फाेटाे विराटनगर । प्रहरीले मोरङको जहदा गाउँपालिकाका– १ धुनी बस्तीबाट १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका– १८ स्थित भट्टा चोकमा चेकजाँचका क्रममा प्रहरीलाई छलेर भागेको को १ च ९५८२ नम्बरको स्कारपियोमा लाेड गरेकाे गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
धनकुटाबाट आएकाे साे गाँजा भारत तर्फ लगिदै थियाे ।
मोरङ प्रहरीका अनुसार चालक धरान उपमहानगरपालिका– १२ का २४ वर्षीय राहुल विश्वकर्मा र गाडीमा सवार धनकुटाको सहिदभूमी गाउँपालिका– ६ का १९ वर्षीय सुरज राई पक्राउ परेका हुन् ।
मंगलबार राति करिब साढे १० बजे प्रहरीकाे चेकिङ छलेर भागेको स्कारपियो खोज्नका लागि डीएसपी वेदप्रकाश जोशीको नेतृत्वमा टोली खटिएको थियो ।
गाडीलाई धुनी बस्तीमा फेला पारेको प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,367)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,171)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,127)