जहदाकाे धुनी बस्तीबाट १५५ किलाे गाँजासहित दुई जना पक्राउ

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । प्रहरीले मोरङको जहदा गाउँपालिकाका– १ धुनी बस्तीबाट १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका– १८ स्थित भट्टा चोकमा चेकजाँचका क्रममा प्रहरीलाई छलेर भागेको को १ च ९५८२ नम्बरको स्कारपियोमा लाेड गरेकाे गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

धनकुटाबाट आएकाे साे गाँजा भारत तर्फ लगिदै थियाे ।

मोरङ प्रहरीका अनुसार चालक धरान उपमहानगरपालिका– १२ का २४ वर्षीय राहुल विश्वकर्मा र गाडीमा सवार धनकुटाको सहिदभूमी गाउँपालिका– ६ का १९ वर्षीय सुरज राई  पक्राउ परेका हुन् ।

मंगलबार राति करिब साढे १० बजे प्रहरीकाे चेकिङ छलेर भागेको स्कारपियो खोज्नका लागि डीएसपी वेदप्रकाश जोशीको नेतृत्वमा टोली खटिएको थियो ।

गाडीलाई धुनी बस्तीमा फेला पारेको प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, १७ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.