इटहरीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

Satya Sanchar सत्य सञ्चार

विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज बिहान पालिकाको कार्यालय अगाडि शङ्कास्पद बस्तु फेला परेको थियो । बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

अज्ञात समूहले उपमहानगरको कार्यालय अगाडिको घुम्ती पसल स्थित कालो झोलामा प्लाष्टिकको झोलामा शङ्कास्पद वस्तु राखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई गरिएको खबरमा उपमहानगरसँगै भोटेपुल र बूढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो । भोटेपुलमा शङ्कास्पद बस्तु फेला परेन ।

बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो । शङ्कास्पद देखिएको बोरामा केही नभेटिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार इटहरी उपमहानगरपालिका अगाडि फेला परेकाे झाेलामा कुकरमा तार बेरिएकाे अवस्थामा फेला परेकाे थियाे ।

प्रकाशित मिति: मङ्गलबार, १६ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.