विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज बिहान पालिकाको कार्यालय अगाडि शङ्कास्पद बस्तु फेला परेको थियो । बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।
अज्ञात समूहले उपमहानगरको कार्यालय अगाडिको घुम्ती पसल स्थित कालो झोलामा प्लाष्टिकको झोलामा शङ्कास्पद वस्तु राखेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीलाई गरिएको खबरमा उपमहानगरसँगै भोटेपुल र बूढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो । भोटेपुलमा शङ्कास्पद बस्तु फेला परेन ।
बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो । शङ्कास्पद देखिएको बोरामा केही नभेटिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार इटहरी उपमहानगरपालिका अगाडि फेला परेकाे झाेलामा कुकरमा तार बेरिएकाे अवस्थामा फेला परेकाे थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)