ग्रामथानका अध्‍यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई सोधे स्पष्टीकरण

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेका छन् । आफूलाई जानकारी नदिई अवैध उत्खनन् रोक्न प्रहरीलाई पत्र लेखेको भन्दै अध्यक्ष माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेका हुन् ।

गत मंसिर १६ को उपनिर्वाचनमा माझी माओवादी केन्द्रबाट अध्यक्षमा विजयी भएका थिए। आफू बाहिर भएका बेला जानकारी नदिई पत्र लेखेको भन्दै उनी पौडेलसँग रुष्ट थिए। प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ मा ग्रामथानकै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेका थिए।

उनले लेखेको पत्रमा भनिएको छ, ‘ग्रामथान गाउँपालिका वडा नं. २ अन्तर्गतका विभिन्न नहर, सडकलगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपले माटो उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन् भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन् कार्य रोकी उत्खनन् कार्यमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ।’

उनले यो पत्र लेख्नुअघि उपाध्यक्षसहितको टोलीले अनुगमन गरेको थियो। तर, अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको भन्दै पुस ११ मा प्रशासकीय अधिकृत पौडेललाई स्पष्टिकरण सोधेका हुन् । अध्यक्षले मागेको स्पष्टीकरणमा भनिएको छ, ‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१–०९–०८ गतेको दिन चं‍. नं. १०१५, मिति २०८१–०९–०८ को गैरकानूनी उत्खनन् कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के–कति कारणले काटिएको हो ? स्पष्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ।’

प्रकाशित मिति: आइतबार, १४ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.