विराटनगर। जीवन विकास लघुवित्त वित्तीय संस्थाको सिजुवा शाखाले ६ विपन्न परिवारलाई स्वरोजगार बनाउनका लागि सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार रतुवामाई नगरपालिकाका ५ र सुनवर्षी नगरपालिकाका १ गरी ६ परिवारलाई व्यवसाय सञ्चालनका लागि विभिन्न सामग्री र बाख्राकाे पाठा हस्तान्तरण गरेको हो ।
रतुवामाई नगरपालिका– ४ का वडा अध्यक्ष महावीरप्रसाद गनगाईले र जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थागत तथा सामाजिक विकास विभाग(आइसडी) प्रमुख विजयकुमार मण्डलले एक परिवारलाई होटल पुन सञ्चालनका लागि सामग्री, दुई परिवारलाई बाख्राको पाठा र तीन परिवारलाई भक्का, पापड, आलु व्यवसायका लागि सामग्री हस्तान्तरण गरे ।
विपन्न परिवारलाई स्वरोजगार बनाउनका लागि सामग्री हस्तान्तरण गरिएको मण्डलले बताए ।
ग्रामीण तहमा घरदैलोमा पुगेर वित्तिय सेवा प्रवाह गरिरहेकाे जीवन विकासले स्वरोजगार बनाउनका लागि विभिन्न अभियान सञ्चालन गरिरहेकाे छ ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)