६ विपन्न परिवारलाई व्यवसाय सुचारु गर्न जीवन विकासकाे सहयोग

Satya Sanchar सत्य सञ्चार

विराटनगर। जीवन विकास लघुवित्त वित्तीय संस्थाको सिजुवा शाखाले ६ विपन्न परिवारलाई स्वरोजगार बनाउनका लागि सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार रतुवामाई नगरपालिकाका ५ र सुनवर्षी नगरपालिकाका १ गरी ६ परिवारलाई व्यवसाय सञ्चालनका लागि विभिन्न सामग्री र बाख्राकाे पाठा हस्तान्तरण गरेको हो ।

रतुवामाई नगरपालिका– ४ का वडा अध्यक्ष महावीरप्रसाद गनगाईले र जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थागत तथा सामाजिक विकास विभाग(आइसडी) प्रमुख विजयकुमार मण्डलले एक परिवारलाई होटल पुन सञ्चालनका लागि सामग्री, दुई परिवारलाई बाख्राको पाठा र तीन परिवारलाई भक्का, पापड, आलु व्यवसायका लागि सामग्री हस्तान्तरण गरे ।

विपन्न परिवारलाई स्वरोजगार बनाउनका लागि सामग्री हस्तान्तरण गरिएको मण्डलले बताए ।

ग्रामीण तहमा घरदैलोमा पुगेर वित्तिय सेवा प्रवाह गरिरहेकाे जीवन विकासले स्वरोजगार  बनाउनका लागि विभिन्न अभियान सञ्चालन गरिरहेकाे  छ ।

प्रकाशित मिति: आइतबार, १४ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.