सर्वोदयमा थ्री जिरो क्लबको हाजिरीजवाफ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ७ मा रहेको सर्वोदय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सहयोगमा थ्री जिरो क्लब र विद्यालयले शुक्रबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

तीन शून्य (शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्ज)का लागि युवाहरुलाई सक्रिय बनाउने तथा तीन शून्यको अवधारणामा स्पष्टता ल्याउँदै विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापका रुपमा  प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितामा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीले पाँच समूह बनाएर भाग लिएका थिए ।

प्रतियोगितामा सहभागिता जनाएको सुनाखरी समूह प्रथम भएको छ । गोदावरी समूह दोस्रो र लालीगुराँस समूह तेस्रो भएको छ । सयपत्री र मखमली समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

विजयी भएका विद्यार्थीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाको तालिम विभाग प्रमुख रञ्जना निरौला, उद्यमशीलता विकास प्रमुख मनोज शर्मा र विद्यालयका शिक्षकले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, १२ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.