शाैच गर्न निस्किएकी महिलालाई करणी गरेकाे आराेपमा तीन जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ को बाँस झ्याङ छेउमा अर्धचेत अवस्थामा भेटिएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेका तीन जनामाथि चार अभियोगमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार मोरङ कटहरी गाउँपालिका – २ का २० वर्षीय महमद रमजान, सोही स्थानका १९ वर्षीय सुनिलकुमार साह र भारतको अररिया जिल्ला कुसकिट्टा ग्राम पंचायत– ९ घर भइ कटहरी गाउँपालिका– २ मा बस्दै आएका १८ वर्षीय महमद गुल्जरलाई अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र जवरजस्ती करणी मुद्दामा म्याद थप भएको हो ।

जहदा गाउँपालिका– ३ की २२ वर्षीया महिला कटहरी गाउँपालिका – २ को कदमगाछीमा रहेको बाँस झ्याङ नजिकै मुख थुनेर हातखुट्टा बाँधेर छाडिएको अवस्थामा फेला परेकी थिइन् । मंगलबार बिहान करिब साढे ४ बजे घर पछाडि रहेको जुडी खोलामा शौच गर्न गएकी महिलालाई तीन जनाले सिटी सफारीमा राखेर कदमगाछीमा लगेर जबरजस्ती करणी गरेको देखिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सो समूहले बलात्कारपछि अचेत भएकी महिलाको मुख थुनेर हातखुट्टा बाँधेर बाँस झ्याङ बाहिर छाडेका थिए ।

‘घटनापछि अर्धचेत भएकी महिलालाई मुखमा कपडा कोचेर हातखुट्टा बाँधी छाडेको देखिन्छ,’ मोरङ प्रहरी प्रवक्ता डिएसपी जोशीले भने,‘ करणीको घटना लुकाउन हात्तखुट्टा बाँधेको जस्तो देखिन्छ ।’

प्रहरीका अनुसार रमजान र ती महिलाबीच चिनजान थियो । सिटी सफारी चालक रमजानले दुई जनाको सहयोगमा घटनास्थलसम्म लगेका थिए । प्रहरीका अनुसार घटनास्थल र महिलाको घर करिब ३ किलोमिटरको दूरीमा छ ।

प्रकाशित मिति: बिहिबार, ११ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.