सांकेतिक तस्बीर । विराटनगर । मोरङको कटहरी एक महिला हातखुट्टा बाँधिएकाे अवस्थामा फेला परेकी छन् ।
मंगलबार दिउँसो कटहरी गाउँपालिका– २ को धानखेतकाे बीचमा रहेकाे बास झ्याङ भित्र मुखमा पट्टी लगाएर हातखुट्टा बाँधिएको अवस्थामा २२ वर्षीय महिला अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार हातखुट्टा बाधिएकाे र अचेत अवस्थामा भेटिएकी महिला जहदा गाउँपालिका– ३ की बासिन्दा हुन् ।
मंगलबार करिब ११ बजे पराल लिन गएकी महिलाले देखेपछि ति महिलाकाे उद्दार भएको हाे । घटनास्थलमा प्रहरी पुगेर बाँधेको डोरी खोलेर उपचारका लागि अस्पताल पठाएकाे थियाे ।
प्रहरीका अनुसार ऋषिदेव थरकी ति महिलाका दुई सन्तान छन् । उनी माइतमा बस्दै आएकी थिइन् । मंगलबार बिहान भने उनी घरबाट निस्किएकी थिइन् ।
‘घरबाट किन निस्किएको भन्दै खुलेको छैन, महिलाको शारिरीक अवस्था हेर्दा घटना शंकास्पद छ,’ उनले भने,‘ सबै कोणबाट अनुसन्धान भइरहेको छ ।’ डिएसपी जोशीका अनुसार महिलाले लगाएको कपडा च्यातिएका छन्, शरीरका केही भागमा निलडाम पनि छन् ।
प्रहरी स्रोतका अनुसार उनीमाथि हातखुट्टा बाँधेर जवरजस्ती करणी भएको जस्तो देखिन्छ । तर डिएसपी जोशी भने मेडिकल परीक्षणपछि मात्रै सो विषय खुल्ने दाबी गर्छन् ।
‘अहिले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’उनले भने,‘ १–२ दिनमा सबै विषय खुल्छ ।’ उनले महिलालाई हातखुट्टा बाँधेर छाड्नेको खोजी भइरहेको बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)