काठमाडौं । हुम्लामा हिमपात भएको छ । साेमबार रातिदेखि हिउँ परेकाे हाे ।
जिल्ला सदरमुकाम सिमिकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको छ ।
पश्चिमी वायुको प्रभावका कारण हुम्लासहित अन्य हिमाली क्षेत्रमा हिमपात भएकाे छ । तराई क्षेत्रमा चिसाे बढेकाे छ ।
सोमबार साँझदेखि सुदूरपश्चिमबाट माैसम बदली विस्तारै पूर्वतिर फैलिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पूर्व सर्दै जाँदा वर्षा गराउन सक्ने प्रणाली कमजोर हुनेछ ।
आज राति उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा वर्षा हुनसक्ने सम्भावना छ ।
महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,229)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,165)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)