विराटनगर। सन्तनेता कृष्णप्रसाद भट्टराईले आफ्नो जीवन सादगी रुपमा बिताए। आफ्ना लागि सम्पति नजोडेका भट्टराईले जीवनको उत्तरार्धमा आश्रममा बसे ।
विवाह नगरेका उनले निजी सम्पति जोडेनन् । लामो समय डेरामा बसेका उनी जीवनको उत्तरार्ध आश्रममा बसे । सन्तनेताको छबी बनाएर उनको २०६७ फागुन २० गते निधन भयो । भट्टराईले सादगी र निष्ठावान नेताको छाप छाडेका छन् । तिनै सादगी नेताको मृत्युपछि भने विराटनगरमा भवन बन्दैछ । सन्तनेताको सम्झनामा विराटनरगको कञ्चनबारीमा ६ तल्ले भव्य महल निर्माण भइरहेको हो ।
विराटनगर महानगरपालिका -४ कञ्चनबारी चोकबाट पश्चिम बस्ताखोला किनारमा सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले भवन निर्माण गरिरहेको हो । फाउन्डेशनका अध्यक्ष कांग्रेस नेता रमेशजंग रायमाझी हुन्।
रायमाझीका अनुसार नयाँ पुस्तालाई कृष्णप्रसाद भट्टराईको योगदान पढाउने उद्देश्यले भवन निर्माण गरिएको हो । भवनमा हल, म्युजियम र गेष्टहाउस रहनेछन् ।
‘हिजो योगदान गरेकाहरुको नाममा इतिहास लेखिएका छन्, प्रतिष्ठान बनेका छन्, हामीले सन्तनेताको योगदानलाई जीवित राख्नका लागि काम गरिरहेका छौं,’उनले भने,‘ यहाँ सन्तनेताले प्रयोग गर्नु भएको सामग्री म्युजिएम बनाएर राख्छौं ।’
उनका अनुसार सुरुमा टेक्निकल कलेज सञ्चालन गर्ने योजना थियो। तर, विद्यार्थी नहुने भएका कारण प्रतिष्ठान निर्माण गरिएको उनले बताए । ‘टेक्निकल कलेज खोलेर वार्षिक ६०० सय विद्यार्थी पढाउने योजना थियो, तर विद्यार्थी नपाउने भएपछि स्मृति प्रतिष्ठान बनाउन लागेका छौं,’ उनले भने ।
यो भवन २०८२ को फागुनमा उद्घाटन गर्ने योजना रहेको रायमाझीले बताए । करिब १ बिघा क्षेत्रफलमा निर्माण भइरहेको प्रतिष्ठानको सम्पूर्ण काम सकिंदा १५ करोड हाराहारी खर्च हुने उनले बताए ।
‘अहिले लगभग ७ करोडजति खर्च भइसकेको होला, ६ तलाको छत ढलाइ भइसक्यो, फिनिसिङ हुँदैछ,’ उनले भने,‘सरकारी लगत अनुसार हो भने ३५ करोड हाराहारी लाग्ला, तर हामी १५ करोडभित्र निर्माण सक्छौं।’
यो संरचना निर्माणका लागि प्रदेश र संघीय सरकारले वार्षिक रुपमा बजेट विनियोजन गरिरहेका छन् । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १ करोड र संघीय सरकारले करिब ३ करोड विनयोजन गरेको उनले बताए ।
सन्तनेता भट्टराईको आज १०१औं जन्मजयन्ती हो । विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट बाहिरिदा एउटा टयाङ्का, सुराही र छाता लिएर डेरामा फर्किएका थिए ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)