६ बिघामा माछा पालन, वार्षिक आम्दानी ११ लाख

Satya Sanchar सत्य सञ्चार

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा– ५ का रमेश कटुवालसहित तीन जनाले ६ बिघामा व्यावसायिक माछा पालन गरिरहेका छन् । जग्गा भाडामा लिएर ३१ लाख लगानीमा छ बिघा क्षेत्रफलमा पोखरी बनाएर माछा पालन गरिरहेका हुन् ।

पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास (बैखी) जातको माछा पालिएका छन् । वर्षमा ११ लाखसम्म आम्दानी गर्छन् ।

“वार्षिकरुपमा ११ लाखसम्म आम्दानी भएको छ,’ उनले भने,‘पोखरीबाट वार्षिकरुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन हुन्छ,पंगास जातको एक सय क्विन्टल हुन्छ ।’

जिल्लाका विभिन्न स्थानमा पंगास अर्थात् बैखी माछा पालनमा आकर्षण देखिएको छ । किसानले यसको व्यावसायिक उत्पादन सुरु गरेको उनको भनाइ छ । कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछा पालनतर्फ स्थानीय किसानको आकर्षण बढी रहेको उनको भनाइ छ ।

सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछा पालनलाई व्यावसायिक रूपमा गर्दै आएको उनले जानकारी दिए । परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उनले जानकारी दिए ।

पंगास माछा पालनको क्षेत्रफल वार्षिकरुपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ । सुनसरीमा पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछा पालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा‍‍क्टर मनोजकुमार महतोले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, ०८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.