निगमसँग मिलेर प्लेन खरिदको तयारी गर्दै प्रदेश सरकार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । कोशी प्रदेश सरकारले नेपाल वायुसेवा निगम मिलेर नयाँ जहाज किन्नेबारे विषयमा छलफल गरेको छ ।

प्रादेशिक हवाई उडान सञ्चालनका लागि निगम कार्यकारी अध्यक्षसहित टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफल गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार कोशी प्रदेशको पर्यटन विकास तथा प्रादेशिक हवाई यातायातलाई सुलभ बनाउन निगमसँगको सहकार्यमा प्रादेशिक हवाई उडान सम्बन्धी कार्य अघि बढाउनेबारे छलफल भएको हो ।

कोशी प्रदेश सरकार र निगमले नयाँ जहाज खरिद, सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा उपयुक्त मोडालिटी तय गर्नेबारे समेत छलफल भएको निगमले जनाएको छ ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री समक्ष निगम टोलीले प्रादेशिक हवाई उडान व्यवस्थित गरी कोशी प्रदेशको हवाई उडान र पर्यटन विकास अवधारणा प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति: आइतबार, ०७ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.