काठमाडौं । कोशी प्रदेश सरकारले नेपाल वायुसेवा निगम मिलेर नयाँ जहाज किन्नेबारे विषयमा छलफल गरेको छ ।
प्रादेशिक हवाई उडान सञ्चालनका लागि निगम कार्यकारी अध्यक्षसहित टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफल गरेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार कोशी प्रदेशको पर्यटन विकास तथा प्रादेशिक हवाई यातायातलाई सुलभ बनाउन निगमसँगको सहकार्यमा प्रादेशिक हवाई उडान सम्बन्धी कार्य अघि बढाउनेबारे छलफल भएको हो ।
कोशी प्रदेश सरकार र निगमले नयाँ जहाज खरिद, सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा उपयुक्त मोडालिटी तय गर्नेबारे समेत छलफल भएको निगमले जनाएको छ ।
छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री समक्ष निगम टोलीले प्रादेशिक हवाई उडान व्यवस्थित गरी कोशी प्रदेशको हवाई उडान र पर्यटन विकास अवधारणा प्रस्तुत गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,433)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)