टिकटक बनाउने क्रममा लडेर तेह्रथुममा दुई जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । तेह्रथुममा टिकटक बनाउने क्रममा दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोँचमा खसेर शनिबार दुई जनाको मृत्यु भएको हो ।

स्थानीय गौखुरी माध्यमिक विद्यालयका नर्स शिक्षिका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी चिनिमाया तामाङले बताइन् ।

शनिबार बिदाको दिन शिक्षिका र विद्यार्थीहरु विद्यालय नजिकै रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा टिकटक बनाउने क्रममा खोँचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

तामाङका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेर दुर्घटना भएको जस्तो देखिन्छ ।

‘खोलामा नुहाउने क्रममा दुई जना विद्यार्थी र शिक्षिका अलिक पर जानु भएको रहेछ, दुई जना लडेको खबरसँगै जानेले विद्यार्थीले ल्याउनु भएको थियो,’उनले भनिन,‘सँगै जाने विद्यार्थी विक्षिप्त भएका कारण सबै कुरा खुलिसकेको छैन ।’

प्रकाशित मिति: आइतबार, ०७ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.