जनकपुरले जित्याे एनपीएलकाे उपाधि

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।

फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि जितेको हो ।

उपाधि जितेको जनकपुरले एनपीएलको ट्रफीसँगै नगद १ करोड १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पुरस्कार पाएको छ ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।

प्रकाशित मिति: शनिबार, ०६ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.