एनपीएलकाे फाइनल आज,जनकपुर र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ ।

दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

एनपीएलको पहिलो संस्करणमै सुदूरपश्चिम र जनकपुरबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि लिग चरण र प्लेअफमा गरी यी दुई टोली दुई पटक खेलिसकेका छन् । दुवै खेलमा सुदूरपश्चिमले जितेको थियो ।

लिग चरणमा शीर्ष दुईमै रहेका दुई टोली क्वालिफायर जित्दै फाइनलमा पुगेका हुन् । लिग चरणमा शीर्ष दुईमा रहेपछि सुदूरपश्मि र जनकपुर नै क्वालिफायर वान मा भिडेका थिए । यो खेल सुदूरले जित्यो । कर्णाली याक्सलाई क्वालिफायर टु मा पराजित गर्दै जनकपुर फाइनल प्रवेश गरेको थियो ।

फाइनल जित्ने टिमले एनपीएलको ट्रफीसँगै नगद १ करोड १० लाख पुरस्कार पनि पाउँनेछ । उपविजेताले पनि ५१ लाख हात पार्नेछन् । प्लेअर अफ दी सिरिजले ओमोडा ई कार पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति: शनिबार, ०६ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.