एनपीएलकाे फाइनल आज,जनकपुर र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ ।

दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

एनपीएलको पहिलो संस्करणमै सुदूरपश्चिम र जनकपुरबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि लिग चरण र प्लेअफमा गरी यी दुई टोली दुई पटक खेलिसकेका छन् । दुवै खेलमा सुदूरपश्चिमले जितेको थियो ।

लिग चरणमा शीर्ष दुईमै रहेका दुई टोली क्वालिफायर जित्दै फाइनलमा पुगेका हुन् । लिग चरणमा शीर्ष दुईमा रहेपछि सुदूरपश्मि र जनकपुर नै क्वालिफायर वान मा भिडेका थिए । यो खेल सुदूरले जित्यो । कर्णाली याक्सलाई क्वालिफायर टु मा पराजित गर्दै जनकपुर फाइनल प्रवेश गरेको थियो ।

फाइनल जित्ने टिमले एनपीएलको ट्रफीसँगै नगद १ करोड १० लाख पुरस्कार पनि पाउँनेछ । उपविजेताले पनि ५१ लाख हात पार्नेछन् । प्लेअर अफ दी सिरिजले ओमोडा ई कार पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति: शनिबार, ०६ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.