काेशीकाे लगानी सम्मेलन : ३७ आयाेजनाका लागि एक खर्ब लगानी जुटाउने लक्ष्य

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले आफै लगानी सम्मेलन आयोजना गर्ने भएको छ । निजी क्षेत्रलाई व्यवस्थापनको जिम्मा दिने तयारी भएपछि विवाद भएको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार आफैले सम्मेलन गर्ने बताएका हुन् ।

माघ ११ गतेदेखिदेखि तीन दिनसम्म लगानी सम्मेलन आयोजना हुँदैछ ।

सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना सोकेसमा राखेर प्रस्तुत गर्नेछ । ती आयोजनाको लागत एक खर्ब चार अर्ब ८५ करोड अनुमान गरिएको छ । सोकेसमा राख्ने योजनामा पर्यटकीय क्षेत्रदेखि जलविद्युत आयोजनासम्म छन् । कृषि उद्योग पनि छन् ।

यी हुन् आयोजनाहरु

सरकारले इलामको जितपुरमा देउमाई कफी फार्म, धनकुटाको सहिदभूमिमा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग, एग्रो टुरिजम, इलामको सूर्योदय नगरपालिकामा डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, धनकुटाको साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, धनकुटामै एभोकार्डो फार्मिङ प्रोसेसिङ उद्योग, अनुसन्धान सेन्टर निर्माणको योजना प्रस्तुत गर्ने तयारी छ ।

इलाममा एड्भान्स नेप्लिज टी एण्ड कफी उद्योग, सोलुखुम्बुमा आमादाबब्लाम मिनी हाइड्रो परियोजना, मेन्जोखोला मिनी हाइड्रो, मोरङमा हर्बल प्रोसेसिङ उद्योग, सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, उदयपुरमा क्लिङ्कर, सुनसरी र उदयपुरमा ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, उदयपुरमा इथानोल प्रोजेक्ट र कोदोको रक्सी उद्योग निर्माण गर्ने योजना सोकेसमा रहनेछन् ।

झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टामा बसपार्क, धनकुटाको भेडेटारमा मल्टिपर्पोज कम्प्लेक्स, विराटनगर मल्टिपर्पोज कमर्सियल कम्प्लेक्स निर्माण, विराटनगरमा दुई वटा फाइभ स्टार होटल पूर्वाधार, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्टको पूर्वाधार निर्माणको योजना छ ।

त्यस्तै मोरङमा कोशी पोडवेको पूर्वाधार निर्माण, खोटाङको हलेंसीमा हलेसी केबलकार–पोडवे निर्माण, मोरङमा डाटा सेन्टर स्थापना, डिजिटल कोशी निर्माण,झापाको मेचीनगरमा इन्टग्र्रेटेड सोलिड बेस्ट मेनेजमेन्ट प्रोजेक्ट, सुनसरीको बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, सुनसरीकै रास ताल टुरिजम प्रोजेक्ट, मोरङको बेतना सिमसार टुरिजम प्रोजेक्ट, सुनसरीमा वाटर पार्क,कोशी रिफ्रेसमेन्ट सेन्टर निर्माण गर्ने योजना लगानी सम्मेलनमा प्रसतनुत हुनेछ ।

धनकुटाको राजाताल टुरिजम प्रोजेक्ट, इलामको कन्याम–अन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्ट बनाउने योजना पनि छ । सोलुखुम्बुमा चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार निर्माण गर्ने योजना लगानी सम्मेलनमा प्रस्तुत हुनेछ ।

यी योजनाको जम्मा लागत १ खर्ब ४ अर्ब ८५ करोड हाराहारी हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, ०५ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.